यात्रुवाहक बसबाट ४ हजार ५ सय थान नेट्राभेट बरामद

बस चालक लाल बहादुर सुनार र सहचालक बासुदेव दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्वादाता | २०७९ असोज १० गते १५: ४० मा प्रकाशित

वीरगन्ज– पर्साको सुवर्णपुरबाट काठमाडौँ जाने यात्रुवाहक बसबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका सूचना अधिकारी डिएसपी सन्तोष कुमार बस्नेतका अनुसार आइतबार साँझ विशेष सूचनाको आधारमा ठोरी गाउँपालिका– २ स्थित सशस्त्रको बि.ओ.पी मुलगेट अगाडि ना.६.ख ४०१ नम्बरको ठोरी मेट्रो नाईट बस चेकजाँच गर्ने क्रममा ४ हजार पाँच सय थान नेट्राभेट– १० टयाब्लेट बरामद भएको हो ।
बसको क्याबिनमा रहेको चालक सिटको पछाडिको सिट मुनी २ प्याकेट (३ हजार टयाब्लेट) र चालकको बायाँपटि रहेको ब्याबिनको लामो सिट मुनी एक प्याकेट (१५०० टयाब्लेट) बरामद भएको सशस्त्र प्रहरीका डिएसपी बस्नेतले बताए । चितवनको माडी नगरपालिका– ८ अयोध्यापुरी निवासी बस चालक लाल बहादुर सुनार र सहचालक बासुदेव दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्