वीरगन्ज– पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष यशवन्त यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरि अनुसन्धान अगाडि बढाएको छ । गाउँपालिका कार्यालयबाट आइतबार साँझ घर फर्किने क्रममा अध्यक्ष यादवमाथि आक्रमण भएको थियो ।
अध्यक्ष चढ्ने गाउँपालिका कार्यालयको ना.१.झ १६८७ नम्बरको गाडीको सिसा फुटेको छ । सँगै रहेको ना.२.च ८६६ नम्बरको नीजि कार तोडफड गरि आगजनी गरिएको थियो । यादवसँगै रहेका ऋषिकुमार सहनी र नगेन्द्रप्रसाद यादव घाइते भएका छन् । सहनीको हात भाँचिएको छ भने यादवको टाउकोमा चोट लागेको छ ।
प्रहरी उपरिक्षक रमेश बस्नेतका अनुसार तोडफोड र आगजनीमा संलग्न रहेका तीनजनालाई नियन्त्रणमा लिइएको छ । अध्यक्षमाथि आक्रमण भएको सूचना पाउनसाथ एसपी बस्नेत घटनास्थल पुगेका थिए ।
‘आक्रमण गर्ने तीनजनालाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएका छौँ,’ एसपी बस्नेतले भने । गाउँपालिका अध्यक्ष यादवले कार्यालयबाट घर फर्किने क्रममा आइतबार साँझ करिब ६ बजेको समयमा २०/२५ जनाको समूहमा आएका भीडले गाडी रोकेर आक्रमण गरेको बताए ।
‘आक्रमण हुन थालेपछि पछाडि नीजि गाडीमा रहेका सहयोगीहरु बाहिर निस्केर रोकथाम गर्ने थाले,’ अध्यक्ष यादवले भने, ‘अनि हामी त्यहाँबाट निस्कियौँ, गाउँपालिकाको गाडीको सिसा फुटेको छ, नीजि कार आगजनी गरेका छन् ।’ आइतबारको आक्रमणसँगै अध्यक्ष यादवमाथि तीनपटक सांघातिक हमला भइसकेको छ ।
‘गाउँपालिका कार्यालयमा मेरो कोहीसँग पनि वादविवाद भएको छैन्,’ अध्यक्ष यादवले भने, ‘म माथि किन आक्रमण गरे ? यो राजनीतिक विवाद हैन्, यो सांघातिक हमला हो, चुनाव जितेपछि म माथि तेस्रो पल्ट आक्रमण भएको छ ।’
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्