कालिकामाई गाउँपालिकामा इलाका प्रहरीको भवन उद्घाटन

जग्गा व्यवस्थापन पछि कालिकामाई गाउपालिका वडा ५ का तत्कालीन वडा अध्यक्ष पवन तिवारीको अगुवाइमा तत्कालीन नेपाल प्रहरीका प्रमुख आईजिपी सर्वेन्द्र खनालले भवन निर्माणको लागि टेण्डर प्रकृया अगाडि बढाउनु भएको थियो ।

सम्वादाता | २०७९ असोज १४ गते १६: १९ मा प्रकाशित

पर्सा– पर्साको कालिकामाई गाउपालिकामा ईलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका बिच उदघाटन भएको छ । मधेश प्रदेश प्रहरी प्रमुख डिआईजी मसाउद आलम खांले सुविधा सम्पन्न ईप्रका भवनको उदघाटन गर्नुभयो । कालिकामाई गाउपालिकाले ७ कठ्ठा जग्गा प्रदान गरेपछि २ करोड ३२ लाखको लागतमा भवन निर्माण भएको हो ।

भवनमा आधुनिक कार्यालय,गार्ड,जवान र प्रहरी हवलदार ब्यारेक,महिला व्यारेक,संचार शाखा,कार्यालय प्रमुख कोठा,शौचालय,थुनुवा कोठा,भान्सा कोठा निर्माण भएको छ ।
२०७७ सालमा तत्कालिन गाउपालिका अध्यक्ष स्वं नथुनी कुशवाहाको नेतृत्वमा रहेको कार्यपालिकाले प्रहरी भवनकोलागि ७ कठ्ठा जग्गा खरिद गरेको थियो । जग्गा व्यवस्थापन पछि कालिकामाई गाउपालिका वडा ५ का तत्कालीन वडा अध्यक्ष पवन तिवारीको अगुवाइमा तत्कालीन नेपाल प्रहरीका प्रमुख आईजिपी सर्वेन्द्र खनालले भवन निर्माणको लागि टेण्डर प्रकृया अगाडि बढाउनु भएको थियो ।

कालिकामाईमा ईप्रका ४ वर्ष अगाडि स्थापना भएदेखि अपराध नियन्त्रणमा तथा समाजिक विकृति निरूतसाहित गर्न सहयोग पुगेको छ ।
पुरानो स्वास्थ्य चौकिको भवनमा बस्दै आएको प्रहरी आज देखि नवनिर्मित भवनमा सरेको हो । सुविधा सम्पन भवनपाएको प्रहरी युनिटलाई सेवालाई पारर्दशी बनाउदै नागरिकलाई सहज रूपमा निश्पक्ष भुमिका निर्वाह गर्न युनिटहरूलाई डिआईजी खांले निर्देशन समेत दिनु भयो ।

उदघाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक रमेश बस्नेत ,कालिकामाई गाउपालिका अध्यक्ष बशिष्ठ कुमार , सहायक सशस्त्र प्रहरी उपरिक्षक तेजप्रकाश पोखरेल,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी, नेपाली सेनाका लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्