नेपाल निजामती कर्मचारी संगठनको शुभकामना कार्यक्रम सम्पन

सम्वादाता | २०७९ असोज ८ गते १६: ४४ मा प्रकाशित

वीरगञ्ज – नेपाल निजामती कर्मचारी संगठन पर्साले दशै तिहार,छठ पर्वको शुभकामना तथा बनभोज कार्यक्रम सम्पन गरेको छ । पर्साको प्रयटकिय स्थल ठोरीमा आयोजन गरिएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष प्रभास साहले नागरिकलाई सेवन प्रदान गर्ने कार्यलाई प्रभावकारी बनाउदै आफ्नो हक अधिकारको लागि संगठनलाई समेत एकताबद्ध गरि अगाडि बढन अनुरोध गर्नु भयो ।

कर्मचारीहरूको हक अधिकारको लागि प्रभावकारी कानुन तथा व्यवस्था ,तलब वृद्धि देखि अन्य सेवा सुविधा स्थापित गर्न नेपाल निजामती कर्मचारी संगठन नै पहिलो संस्था रहेको बताउनु भयो ।

कार्यक्रममा पेशागत महासंघ मधेश प्रदेश ईन्चार्ज रामदेवलाल दास केन्द्रीय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज ,हरिओम जयसवाल ,नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारी , कर्मचारी युनियनका सहसचिव,दिपेन्द्र प्रसाद चौरसिया , नेकपा एमाले नेता पवन तिवारी , कालिकामाई वडा नम्बर ३ का अध्यक्ष संजय पटेल लगायतले शुभकामना मन्तव्य राख्नु भयो ।
नेपाल निजामती कर्मचारी संगठन पर्साका अध्यक्ष शुनिल रौनियारको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण जिल्ला सचिव अखिलेश सहनीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्