दिनेश र जालिमको जालमा परेका दुई जनप्रतिनिधीलाई एमालेले सोध्यो स्पष्टिकरण

एमालेबाट निर्वाचित वडा अध्यक्ष सोनालाल चौरसिया तथा महिला सदस्य ज्ञानती देवीलाई पार्टीको पालिका कमिटीले पहिलो चरणको कार्यवाही अगाडी बढाएको छ ।

सम्वादाता | २०७९ असोज १६ गते ११: ०७ मा प्रकाशित
साउन १ गते ज्ञापन बुझाउदै सोनालाल चौरसिया

वीरगञ्ज – कालिकामाई गाउपालिकामा नेकपा एमालेले दुई जना जनप्रतिनिधीलाई माथी कार्यवाही प्रकृया अगाडी बढाएको छ । गांउपालिकाको वडा नम्बर २ मा एमालेबाट निर्वाचित वडा अध्यक्ष सोनालाल चौरसिया तथा महिला सदस्य ज्ञानती देवीलाई पार्टीको पालिका कमिटीले पहिलो चरणको कार्यवाही अगाडी बढाएको हो ।

के कारणले पालिका अध्यक्ष बशिष्ठ कुमार का काका दिनेश कलवारको एक्लौटी १४ करोड बजेट खर्च गर्ने योजना सहितको गाउसभालाई समर्थन गरेको ? वडा स्तरिय योजना बढाउने एकसुत्रिय मांग राख्दै गाउसभा असफल बनाउदै आएकोमा के पाएर एकाएक सफल बनाउने सडयंत्र भयो ? के कतिको चेक , नगद र छोराको जागिर लगाइदिने जस्ता सौदाबाजी भएको आरोपको जवाफ सहित २० गतेको पालिका कमिटी बैठकमा उपस्थित हुन पत्र पठाईको एमाले पालिका कमिटीका सचिव बिजय साह गोणले जानकारी दिनु भयो ।

पार्टिको आवश्यक्ता र निति अनुसारको चित बुझदो स्पष्टिकरण सहित उपस्थित नभएमा विधि सम्बत कार्यवाही प्रकृया अगाडी बढाउने पार्टी सचिवले बताए । कार्यवाही प्रकृयाको पहिलो चरणबारे नेकपा एमाले जिल्ला कमिटी तथा प्रदेश कमिटीलाई समेत बोधार्थ पठाइएको उनले बताए ।

गांउपालिकामा हैकमवादी र एक्लौटीलाई रोक्न एमालेले नेतृत्व गर्दै आएको कारण पार्टीप्रति आम नागरिकको आकर्षण समेत बढेको तर एमालेकै जनप्रतिनिधीले धोखाबाजी गरेपछि अहिले अलोचना समेत भइरहेको छ ।

पालिका अध्यक्षले वडा स्तरियमा मात्र ३० लाखको योजना सहितको बजेट प्रस्तुत गरेपछि एमाले कै अगुवाईमा साउन १ गते पालिका ज्ञापन बुझाउदै एक्लौटी बजेटको विरोध सुरु भएको थियो । त्यस पश्चात अध्यक्षको आदेशमा पटक पटक गरि चार वटा गाउसभा स्थगित हुदै आयो तरपनि वडा स्तरिय योजना बढाइएन ।

एमाले कै कारण गांउसभा असफल हुदै आएको देखेर दिनेश कलवार जालिम मियांलाई प्रयोग गरेर बीरगन्जमा जिल्ला स्तरिय नेताहरुको हारगुहारमा जुटे । पालिकाका एमाले नेताहरु संग पनि छलफल भयो तर वडा स्तरिय योजना घटीमा १ करोड नभए सम्म गाउ सभा सफल हुन नदिने अडान कायम रहयो ।

एमाले गांउपािलका कमिटीले समानरुपमा सबैवडामा १ बजेट बाटफाट गर्नु पर्ने कुरा राख्दै आएको कारण दिनेशले जालिमलाई प्रयोग गरि खरिद विक्री र प्रलोभनको सडयंत्रमा लागे ।

पांच वटा गाउसभा अस्विकृत भएपछि जालिमले जाल बुने अनुसार फेरी भदौ ३१ गते गाउसभाको सुचना भयो र सो सभामा एमालेका वडा अध्यक्ष सोनालाल चौरसिया अनुपस्थित भए । उनी जालिम मियां र दिनेश कलवारको साथमा मोबाईल आफगरि सम्पर्क विहिन भए ,उनीसभामा उपस्थित नभएपनि ज्ञानतीदेवीलाई सभास्थल बाहिर पालिकाको गाडीमा पठाएर सहि गराउन लगाए ।

यो सबै घटनाका मुख्य योजनाकार अध्यक्षका काका दिनेश र एमाले भएपनि स्थायि चुनाव देखी नै जसपालाई सहयोग पुर्याउदै आएका जालिम मियां रहेको बुझिन आएको एमाले पालिका सचिव साहले बताए ।

लागुऔषध ओसार पसारमा जेल सजाए समेत भुगतानी गरिसकेका दिनेशलाई कानुनतः चुनाव लडन नपाउदा भतिजोलाई स्तम्भको रुपममा राखेर पालिकाको १४ करोड बजेट एकलौटी खर्च गरि सिचाई जस्तै गर्ने दिनेशको योजना छ ।

प्रतिक्रिया दिनुहोस्