अन्तर बैंक महिला फुटबल टुर्नामेन्टको क्वार्टर फाइनलमा पुगे ७ वटा टीम

राष्ट्र बैंकको कम्पाउन्ड भित्र रहेको खेल मैदानमा आयोजना भएको टुर्नामेन्टमा १८ वटा बैंक सहभागी भएका छन् ।

सम्वादाता | २०८० भदौ २४ गते १७: २८ मा प्रकाशित

वीरगन्ज– नेपाल राष्ट्र बैंक कर्मचारी संघ वीरगन्ज समितिले हरितालिका तीजको अवसरमा भदौ २२ देखि ३० गतेसम्म अन्तर बैंक महिला फुटबल टुर्नामेन्टको आयोजना गरेको छ । राष्ट्र बैंकको कम्पाउन्ड भित्र रहेको खेल मैदानमा आयोजना भएको टुर्नामेन्टमा १८ वटा बैंक सहभागी भएका छन् ।

प्रतियोगिताको पहिलो दिनको ६ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले प्रभु बैंकलाई ३–०, नेपाल बैंकले पेनाल्टी सुटआउटमा नेपाल एस.बी.आई. बैंकलाई २–०, कुमारी बैंकले पेनाल्टी सुटआउटमा सिटिजनस् बैंकलाई २–०, नबिल बैंकले एन.आई.सी. एसिया बैंकलाई ३–०, लक्ष्मी सनराइज बैंकले सिद्धार्थ बैंकलाई २–०, प्राइम कर्मर्सियल बैंकलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो ।

 

भदौ २३ गते भएका ९ वटा खेलहरुमा नेपाल राष्ट्र बैंकले पेनाल्टी सुटआउटमा सानिमा बैंकलाई २–०, नेपाल बैंकले पेनाल्टी सुटआउटमा कर्पाेरेट डेभलपमेन्ट बैंकलाई २–०, कुमारी बैंकले एन.एम.बी. बैंकलाई २–०, नबिल बैंकले ग्लोबल आइ.एम.इ. बैंकलाई ५–१, नेपाल एस.बी.आई. बैंकले हिमालयन बैंकलाई २–०, एन.आइ.सी. एसिया बैंकले प्राइम बैंकलाई ४–२, लक्ष्मी सनराइज बैंकले सिटिजन बैंकलाई २–०, एन.एम.बी. बैंकले सिद्धार्थ बैंकलाई २–० र कर्पाेरेट डेभलपमेन्ट बैंकले हिमालयन बैंकलाई ३–० को गोल अन्तरले पराजित गरेको थियो ।

 

हाल सम्म नेपाल राष्ट्र बैंक, प्राइम कर्मर्सियल बैंक, कर्पाेरेट डेभलपमेन्ट बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक, कुमारी बैंक र नबिल बैंक गरी हालसम्म ७ वटा बैंक क्वार्टर–फाइनलमा प्रवेश गरिसकेका छन् । प्रतियोगिताको बाँकी खेलहरु भदौ २९ र ३० गते खेलाइने आयोजकले जनाएका छन् ।

 

उक्त प्रतियोगिताको मुख्य प्रायोजक कर्पाेरेट डेभलपभेन्ट बैंक, प्रायोजक ग्लोबल आई.एम.ई. बैंक र एन.आई.सी. एसिया बैंक तथा सह–प्रायोजकलक्ष्मी सनराइज बैंक, नबिल बैंक र राष्टिय« वाणिज्य बैंक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्