भदौ २७ देखि पाठेघर क्यान्सर विरुद्धको खोप लगाइने

सात वटै प्रदेशमा भदौ २७ बाट एकै साथ क्यान्सर विरुद्धको खोप सुरु हुने छ । नारायणी अस्तालमा खोप लगाइने छ ।

सम्वादाता | २०८० भदौ २४ गते १७: ०३ मा प्रकाशित

वीरगन्ज– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले यही भदौ २७ देखि ३० गतेसम्म पाठेघर क्यान्सर विरुद्धको खोप लगाउने भएको छ । १४ वर्ष लागेको र १५ वर्ष नपुगेकालाई निशुल्क खोप लगाइने जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।

आइतबार नारायणी अस्पतालको सभाकक्षमा मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले आयोजना गरेको एच.पि.भि खोप मझयलकतचबतष्यल कार्यक्रम सम्बन्धि अभिमुखिकरण उक्त जानकारी गराइएको हो ।

मुलुकमा क्यान्सरहरु मध्ये पाठेघर क्यान्सर पहिलो रहेको र यसबाट मृत्यू दर पनि बढीरहेको स्वास्थ्य सेवा विभाग आपूर्ति नगर शाखाका प्रमुख सुरेन्द्र चौरसियाले बताए । सात वटै प्रदेशमा भदौ २७ बाट एकै साथ क्यान्सर विरुद्धको खोप सुरु हुने छ । नारायणी अस्तालमा खोप लगाइने छ ।

स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाका अनुसार नेपालमा एक लाखमा १६.४ प्रतिशत महिला लाई क्यान्सर पाईएको छ भने ११.१ प्रतिशत को मृत्यू भएको चौरसियाले जनाए । महाशाखाको अनुसार पाठेघरको क्यान्सर ३४ देखि ६४ वर्षको महिलामा बढी हूने गरेको पाईन्छ । २०२० मा २ हजार २४४ जानालाई पाठेघर क्यान्सर भएको थियो जसमध्ये १ हजार ७९३ को मृत्यु भएको थियो । जनस्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्