जबरजस्ती करको विरोध गर्दा ठेकेदारका कर्मचारीले कुटपिट र गालीगलौज गर्ने गरेको चालकले गुनासो गरेका छन् । त्यसको विरोधमा चालकहरुले सोमबार आईसीपी भन्सार–बहुअरी सडक खण्डमा सवारी साधन तेस्र्याएर विरोध समेत जनाएका थिए ।
वीरगन्ज– न्युन मूल्यमा सकार गरिएका कबाडी कर र सवारी करमा ठेकेदारले सम्झौता विपरित अवैध रुपले रुपैयां उठाएको उजागर हुंदा समेत वीरगन्ज महानगरपालिका मौन छ । महानगरको मौनतालाई ठेकेदारलाई बलियो साथ दिएको छ । ठेकेदारले परिचालन गरेका कर्मचारीले दादागिरी शैलीमा मालवाहक सवारी रोकेर दिनहुं लाखौ रुपैयां उठाएको गुनासो बढ्दो छ ।
वीरगन्ज देखि पथलैयासम्मका स्थानीय तहले लगाएका विभिन्न करको मारमा यहाका औद्योगिक प्रतिष्ठान परेका छन् । कोरिडोरमा रहेको वीरगन्ज महानगरपालिका, परवानीपुर गाउपालिका र जीतपुर सिमरा उपमहानगरपालिकाले लगाएको करका कारण वीरगन्ज भन्सार विन्दुबाट पथलैयासम्म एउटा मालवाहक सवारी पुग्दा कम्तिमा २ हजार चार सय (भारु १५ सय) रुपैया ठेकेदारलाई बुझाउने गरेका छन् ।
वीरगन्जको सुक्खा बन्दरगाह र आईसीपी भन्सारबाट दैनिक करिब ३ सय भारतीय नम्बरका मालवाहक सवारी आउने गरेका छन् । जबरजस्ती करको विरोध गर्दा ठेकेदारका कर्मचारीले कुटपिट र गालीगलौज गर्ने गरेको चालकले गुनासो गरेका छन् । त्यसको विरोधमा चालकहरुले सोमबार आईसीपी भन्सार–बहुअरी सडक खण्डमा सवारी साधन तेस्र्याएर विरोध समेत जनाएका थिए ।
पर्साका प्रहरी उपरिक्षक कोमल शाहले अवैध कर असुल्नेलाई कारवाही गर्ने आवश्वासन दिएपछि चालकले मूख्य सडकबाट गाडी हटाएका थिए । जगरनाथपुर स्थित गण्डक चोकमा रहेको कबाडी कर संकलन गर्ने घुम्टीमा प्रहरी पुग्दा ठेकेदारका कर्मचारी फरार भएका थिए । एनएल ०१ एसी ०५३२ नम्बरको भारतीय गाडीका चालक सन्तोष साहका अनुसार वीरगन्ज भन्सारबाट पथलैया स्थित उद्योगसम्म वस्तु लोड गर्न वा अनलोड गर्न पुग्दा राजमार्गमा रहेका विभिन्न ढाटहरुमा कम्तिमा १ हजार ५ सय भारतीय रुपैया बुझाउनु पर्छ ।
वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षमा कबाडी कर र सवारी कर संकलनका लागि ठेक्का लगाएको छ । यसैगरि जीतपुर सिमरा उपमहानगरपालिकाले पनि कबाडी कर र पटके सवारी करको ठेक्का लगाएको छ । परवारीपुर गाउ“पालिकाले ठेकेदार मार्फत कबाडी कर संकलन गर्दै आएको छ । वाराको पथैलयासम्म रहेका उद्योग पुग्न मालवाहक र खाली सवारी साधनले समेत यी तीनवटै पालिकाका ठेकेदारलाई कर बुझाउने गरेका छन् ।
‘खाली गाडीको समेत कबाडी कर वापतको साढे ३ सय भारु लिन्छन्,’ अर्का ट्रक चालक विरेन्द्र दास भन्छन्, ‘पैसा नदिए गाडी रोकिदिन्छन्, गाली गलौज गर्छन्, लठ्ठीले हिर्काउछन् ।’ रसिदमा नेपाली रुपैया लेखिएपनि ठेकेदारका कर्मचारीले भारतीय रुपैयाको हिसाबले पैसा असुल्ने गरेको दासले खुलाए । सरोकारवाला निकायलाई पटक पटक गुनासो गरेपनि सुनवाई नभएको चालकहरुले आरोप लगाएका छन् ।
ठेकेदारका कर्मचारीले चिप्स, टीभी, फ्रिज, मोटर पार्टस बाकेका सवारी साधनबाट समेत जगरनाथपुरको गण्डक चोकमा राखेको ढाटमा जबरजस्ती कबाडी कर संकलन गरेको कपुर डिजल लोजेस्टीकका राजेश लामा बताउछन् । पैसा दिन नमान्दा चालक र सहचालकसग दुव्र्यवहार समेत हुने गरेको छ । प्रहरी प्रशासनलाई गुनासो गरिएको छ ।
अवैध रुपले दैनिक करिब ६ लाख रुपैया ठेकेदारले संकलन गरेका छन् । पालिकास“ग भएको ठेक्का सम्झौता विपरीत ठेकेदार कम्पनीले जबरजस्ती कबाडी कर असुल गरेका छन् । ‘एउटै गाडीले ३ वटै ठेकेदारलाई कबाडी कर बुझाउनु परेको छ,’ लामा भन्छन्, ‘पालिका पच्छिे खाली गाडीबाट समेत कर उठाउदा पनि कारवाही भएको छैन् ।’
वारा–पर्साका उद्योगका उत्पादन लोड गर्न वीरगन्जको सुक्खा बन्दरगाहबाट गएको खाली कन्टेनर, भारत र तेस्रो मुलुकबाट आयातीत वस्तु बोकेका मालवाहक सवारी साधनबाट कबाडी कर संकलन गरेको पाइएको हो । पालिकाको क्षेत्रभित्र उत्पति, संकलन तथा व्यवसायिक उपयोग र कारोबार हुने जडीबुटी, कबाडी तथा जीवजन्तु कर असुलीका लागि पर्सा वारा
औद्योगिक कोरिडारमा रहेका वीरगन्ज महानगरपालिका, जीतपुर सिमरा उपमहानगर र परवानीपुर गाउपालिकाले ठेक्का लगाएका हुन् । करको दर सहित विभिन्न २३ वटा आइटम(वस्तु)मा मात्र कबाडी कर लिन पाउने ठेकेदार कम्पनीसग सम्झौता भएपनि त्यसको विपरित जबरजस्ती कर संकलन भएको छ ।
जडिबुटी, सिसा, बोतल, स्क्रेप, पुरानो फलाम तथा स्टील, टायर ट्युब, पुरानो कागज, जुट, प्लाष्टिकजन्य वस्तु, भूस, पराल, छाला, जलेको मोबिल, काम नलाग्ने मेशनरी औजार, इटा, हाड, पिना, जिंक लगायत विभिन्न २३ वटा आइटम(वस्तु) मा कर लिन सक्ने सम्झौता पत्रमा उल्लेख गरिएको छ ।
ती वस्तुमाप्रति केजी, प्रति क्विन्टल, प्रति ट्रक, प्रति क्यू फिटमा कर निर्धारण गरेको छ । तर, ठेकेदारले कर संकलन गर्न खटाएका कर्मचारीले पालिकाले निर्धारण गरेको वस्तु वाहेकका सवारी साधन र खाली कन्टेनरस“ग पनि जबरजस्ती कर असुल गरेका छन् । सम्झौता विपरीत ठेकेदारले अवैध रुपले कबाडी कर संकलन गरेको प्रमाण सहित सरोकारवालाको ध्यानाकर्षण गराउदा समेत कारवाही नभएको कपुर डिजल लोजेस्टीकका राजेश लामाले गुनासो गरे ।
महानगरसग भएको सम्झौता विपरीत ठेकेदार कम्पनीले कबाडी कर असुल्न नपाइने राजस्व महाशाखा प्रमख मनोज कर्ण बताउछन् । महानगरका राजस्व महाशाखा प्रमुख कर्णले ठेकेदार कम्पनीले सम्झौता विपरित कर संकलन गरिरहेको गुनासो आएको बताए । ‘महानगरले निर्धारण नगरेका वस्तुबाट समेत कर संकलन गरिएको भन्दै व्यवसायीले गुनासो गरेका छन्,’ उनले भने, ‘सम्झौता विपरित कर असुल्ने माथि कारवाही हुन्छ ।’
प्रहरी उपरीक्षक कोमल शाहले ठेकेदारले अवैध कर असुलेको गुनासो आउनासाथ कारवाहीका लागि प्रहरी परिचालन गरेको बताउछन् । सम्झौता विपरित ठेकेदारले कर संकलन गरेको उजागर भएपनि सम्बन्धित पालिका मौन बसेको व्यवसायीले गुनासो गरेका छन् ।
वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष हरि गौतमका अनुसार पालिकाहरुले कबाडी करको नाममा गैरकानुनी ठेक्का लगाएका हुन् । ‘कबाडीको परिभाषा बद्लेर जबरजस्ती ठेक्का लगाइएको छ,’ वरिष्ठ उपाध्यक्ष गौतमले भने, ‘मनपरि कर असुलेका छन्, यो आर्थिक शोषण हो ।’
गैरकानुनी ठेक्काको विरोधमा उद्योग वाणिज्य संघ रहेको उनले बताए । गैर कानुनी रुपले लगाइएको कबाडी करको विरुद्धमा अदालतमा मुद्दा हाल्ने तैयारी भइरहेको गौतमले खुलाए ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्