वीरगन्जको सत्यम कलेजमा पनि लाग्यो महानगरको ताला

अनुमति नै नलिई कक्षा ११ र १२ सञ्चलान् गरिरहेको पाएपछि महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवको नेतृत्वमा पुगेको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको हो ।

सम्वादाता | २०८० भदौ २१ गते ११: २२ मा प्रकाशित

वीरगन्ज– वीरगन्ज महानगरपालिका वडा नम्बर ९ स्थित सत्यम कलेजमा महानगरको नियमन समितिले बिहीबार सिलबन्दी गरेको छ । वीरगञ्ज - ९ स्थित स्त्यम पब्लिक कलेजमा वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ ।

अनुमति नै नलिई कक्षा ११ र १२ सञ्चलान् गरिरहेको पाएपछि महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवको नेतृत्वमा पुगेको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको हो ।

वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए । सत्यम कलेजले शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्