पूर्व मेयर सरावगीको महत्वकांक्षी योजना ‘उज्यालो वीरगन्ज’ मा व्यापक अनियमितता
वीरगन्ज महानगरपालिकाका पूर्व मेयर विजय सरावगीको महत्वकांक्षी योजना ‘उज्यालो वीरगन्ज’ अभियानमा व्यापक अनियमितता भएको पाइएको छ । आफ्नो ५ वर्षे कार्यकालमा गरेका उत्कृष्ट कार्यहरु मध्ये वीरगन्ज सहरलाई उज्यालो पार्ने योजनालाई पनि पूर्व मेयर सरावगीले महत्वकांक्षी अभियान बताउने गरेका थिए ।