वीरगञ्जमा पहिलो पटक प्रकाशनमा आएको पब्लिक हेल्थ स्टोरी स्वास्थ्यपत्रिको बिमोचन गर्दै डा.सिंहले नेताहरु केवल खरिद प्रक्रियामा धेरै संलगन भएको देख्दा निकै दुख लागेको बताउनु भएको छ ।
वीरगन्ज – नेपालमा दक्ष चिकित्सकहरु पलायन भईरहेकोले भोलीको दिनमा राम्रो स्वास्थ्य उपचार सेवामा समस्या आउने वरिष्ठ फिजिसियन डा निरज कुमार सिंहले बताउनु भएको छ । वीरगञ्जमा पहिलो पटक प्रकाशनमा आएको पब्लिक हेल्थ स्टोरी स्वास्थ्यपत्रिको बिमोचन गर्दै डा.सिंहले नेताहरु केवल खरिद प्रक्रियामा धेरै संलगन भएको देख्दा निकै दुख लागेको बताउनु भएको छ ।
बिकासको नाममा केवल रोड र नाला बनाउने काम भएकोले शिक्षातर्फ बिशेष लाग्ने वहाँले सबैमा अनुरोध पनिगर्नु भयो । नेपालचिकित्स संघका केन्द्रिय उपाध्यक्ष तथा मधेश संयोजक रहेका सिंहले स्वाथ्यमा देखिएका बिकृति मिटाउन पब्लिक हेल्थ स्टोरी पत्रिका सक्रियहुनेमा समेत शुभकामना व्यक्तगर्नु भयो ।
कार्यक्रमकाअर्का वक्ता तथा बरिष्ठ पत्रकार महेश दासले आफुले गरेको तिन दशकको सक्रिय पत्रकारीबाट हट्ने र राजनितिबाट समाज परिवार्तनको काममा लाग्ने बताउनु भयो । पत्रिकाबिमोचन समारोहलाई सम्बोधन गर्दै पत्रकार दासले स्वास्थ्यपत्रिका वीरगञ्जबाट प्रकाशन सुरु भएकोमा आफनो सपना पुरा भएकोमा धन्यवाद तथा शुभकामना व्यक्तगर्नु भयो ।
नेकपा एमालेको पर्सा सचिवमा निर्वाचित भएकोमा अबको दिनमा राजनितिमा सबै साथको अपेक्षा गरेको पनि बताउनु भयो ।यसै गरी नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुपतिवारीले मोफसलमा बिट पत्रकारिताको सुरुबात भएकोमा खुशि व्यक्त गर्नु भयो । स्वास्थ्यपत्रिकाको सुरुवातले स्वास्थ्य समाचारले प्राथ्मीक्ता पाउने पनि तिवारीले बताउनु भयो ।
हाल वीरगञ्जमा आर्थिक खेलकुद,चलचित्र, स्वास्थ्य,शिक्षा तथा पर्यटन पत्रकारीलगायतको बिटमा पत्रकारी हुनु निकै राम्रो संकेत भएको पनिबताउनु भयो । वीरगञ्जको मधेश बिश्वबिद्यालयमा आयोजना भएको उक्त बिमोचन कार्यक्रममा प्रेस चौतारी नेपालका पर्सा अध्यक्ष तुल्सी भण्डारी,बानकापुर्व मधेश संयोजकआर.सि.यादव,जिल्ला स्वास्थ्य कार्यालय पर्सा जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर, कबिराज निरिक्षक धिरेन्द्र सिंह, प्रध्यापक डा अशोकराज ठाकुर, नेपाल भोजपुरी समाजकाअध्यक्ष ध्रुवसिंह ठकुरीले शुभकामनाव्यक्तगर्नु भयो ।
कार्यक्रम पब्लिकएफ.एमका निर्देशक शम्भुमहतो थारुको अध्यक्षतामा भएको हो भने स्वागतमंतव्य पत्रिकाको सह संपादक मनोज कुमार मिश्रले गर्नु भएको हो । कार्यक्रममा पब्लिक ब्रोडकाष्टिङ नेटवर्कसद्धारा बिभिन्नएफ.एम रेडियो सहकार्यमा प्रसारणमा रहेको कार्यक्रम क्वीज आवरको बिजेतालाई पुरस्कृतिगरिएको हो । कार्यक्रमको सहजीकरण पब्लिक हेल्थ स्टोरीका कार्यकारी संपादक राजेन्द्र सिंहले गरेका थिए ।
मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्