हमार वीरगन्ज Admin

निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्चको रोक

२०७९ जेठ १२
तराईको चारकोसे झाडीले भरिएको बाराको निजगढमा करीब २४ लाख सालका साना–ठूला रुख काटेर विमानस्थल बनाउने सरकारको योजना थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा् प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि निजगढ विमानस्थल बनाउने प्रस्ताव थियो ।

सशस्त्र प्रहरीमाथि हतियार सप्लाईको आरोप २०७९ जेठ १२

भारतीय नागरिक कुसहवाले बेच्नका लागि हतियार ल्याउँछन् त्यहीबेला उनलाई हतियारसहित पक्राउ गरिएको भनेर काम देखाउने उद्देश्यले ठाडामगरले खटाएका सादा पोशाकका घुमुवामा बारा पुगेका थिए । सहायक हवल्दार झासँगै सशस्त्रका सिपाही आत्माराम राउत, सुनिल यादव र अशोक सोनार बारा पुगेका थिए । तर, सशस्त्रका घुमुवाले भारतबाट पेस्तोल लिएर बारा आउँदै गरेका कुसहवालाई पक्राउ गर्नुको साटो उनीहरुभन्दा पहिला बारा प्रहरीले उनलाई पेस्तोलसहित नियन्त्रणमा लियो।