नागरिकता माग्दै माइतीघरमा धर्ना तथा प्रदर्शन

नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा धर्ना तथा प्रदर्शन गरिएको छ ।

सम्वादाता | २०७९ जेठ १५ गते १३: ३१ मा प्रकाशित

काठमाडौं - नागरिकता अधिकारबाट वञ्चित हुनुपरेको भन्दै ऐन संशोधनलगायतका माग राखेर माइतीघरमा धर्ना तथा प्रदर्शन गरिएको छ ।
‘नागरिकताविहीन नागरिक संघर्ष समिति’ को आव्हानमा गरिएको प्रदर्शनमा नागरिकता नहुँदा सेवासुविधाबाट समेत वञ्चित हुनुपरेकाले क्षतिपूर्तिको माग गरिएको छ ।
संविधानको धारा ११ (३) र (५) कार्यान्वयन गर्न र छिटोभन्दा छिटो नागरिकता ऐन संशोधन गर्न पनि उनीहरूले दबाब दिएका छन् ।
७ वर्षदेखि नागरिकता ऐन संशोधन नभएका कारण जन्मको आधारमा नागरिकता पाएका बुबा, आमा र आमाको नामबाट नागरिकता नपाएका नेपालीको जीवन निकै अप्ठेरो र असहज भएकाले आफूहरू अनागरिक भएको भन्दै आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्