अरु चिजबाट प्रभावित भएर निजगढ विमानस्थल निर्माणमा हस्तक्षेप भएको : अध्यक्ष नेपाल
निजगढ विमानस्थल रोक्ने कुराको पछाडिको कारण के हो ? अरु चिजबाट प्रभावित भएर निर्माणमा हस्तक्षेप भएको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।
काठमाडौं - नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाराको निजगढमा बन्ने अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा रोक लगाउनुको कारण के हो भनी प्रश्न गरेका छन् ।
बिहीबार सर्वोच्च अदालतले निजगढमा विमानस्थल बनाउने सरकारको निर्णय बदर गर्दै विकल्प खोज्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट शुक्रबार प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्दै उनले कसको स्वार्थमा विमानस्थल निर्माण रोकिएको हो भनी प्रश्न गरेका हुन् ।
काठमाडौंको अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा धेरै अध्ययन गरेर निजगढ छनोट गरिएको भन्दै अध्यक्ष नेपालले त्यहाँ विमानस्थल बन्न रोक लगाउनु धेरै दुखद भएको बताए ।
‘मैले सुनेँ, निजगढ विमानस्थलमा रोक लगाउनु भनेर निर्णय भएछ, यो कस्तो देश भएछ हाम्रो !’ उनले आश्चर्य व्यक्त गरे ।
१० स्थानको गहिरो अध्ययन गर्दा अन्तर्राष्ट्रिय विमानस्थलको लागि सबैभन्दा उपयुक्त निजगढ नै देखिएको भन्दै नेता नेपालले त्यसको विकल्प के हुन सक्छ भनी प्रश्न गरे ।
निजगढमा नागरिक उड्डयन प्राधिकरणले ३ अर्ब रुपैयाँ खर्च गरिसकेको र त्यही प्रयोजनका लागि बनेको काठमाडौं मधेश फास्ट ट्रयाकमा २ खर्ब खर्च भइसकेको अवस्थामा विमानस्थल रोक्न आदेश हुनु दुखद भएको उनको भनाइ छ ।
‘यो रोक्ने कुराको पछाडिको कारण के हो ? अरु अरु चिजबाट प्रभावित भएजस्तो लाग्यो’ उनले भने । यस निर्णयको विषयमा अदालतले पनि विचार गर्नुपर्ने नेता नेपालको भनाइ छ । ‘यो निर्णयबारे सम्बन्धित निकायले पनि विचार गर्नुपर्छ’ उनले भने ।
राजनीतिक दलहरुले पनि यस विषयमा गम्भीरताका साथ छलफल अघि बढाउनुपर्ने अध्यक्ष नेपालले बताए । सभार : अनलाइनखबर
त्यस्तै पर्सा जिल्ला खोप समन्वय समितीका प्रवक्ता जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले कोरोना महामारीका कारण पर्सा जिल्लाको चार पालिका बालबालिका लाइ खोप लगाउन सकेका थिएनन् तर अहिले चारै पालिकाले पुर्ण खोप पालिका हुन सफल भएकोमा उहाहरु लाई बधाइ समेत दिएका थिए । पूर्ण खोप नलगाएसम्म बालबालिका सुरक्षित ह्ँदैनन्,’ उनले भने, ‘विभिन्न रोगबाट बचाउनका लागि बालबालिकालाई सरकारले दिने निःशुल्क खोप लगाउनुपर्दछ।
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोल प्रतिलिटर ७ रुपैयाँ तथा डिजेल र मट्टितेल ५ रुपैयाँले घटाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
साहलाई वन तथा वातावरण मन्त्री थिए भने भट्टराई उद्योग तथा पर्यटन मन्त्री थिए । तर साहले मन्त्रालयमा चित्त बुझाएका थिएनन् । उनले आफूलाई न्याय नगरेको बताइरहेका थिए ।मधेसबाट माओवादी बाहिरिएपछि केन्द्र गठबन्धनमा पनि तहमाथि हुने अवस्था छ ।
मकैवारि नजिकै रहेको खोल्सामा पुगेका महतोलाई बाघले आक्रमण गर्दै घिसारेर लैजान थालेपछि नजिककै रहेका अरू मानिसले होहल्ला गरेपछि बाघले महतोलाई छाडेको स्थानीयलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामराजा केशरीले बताए ।
प्रतिक्रिया दिनुहोस्