हमार वीरगन्ज Admin

भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण

२०७९ जेठ १७
लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुने छ ।

कालिकामाई गाउँपालिकाको कार्यपालिका सदस्य जसपाका ५ जना र नेपाली काँग्रेसका १ जना विजयी २०७९ जेठ १६

कार्यपालिकाको ६ जना सदस्यका लागि सोमबार भएको निर्वाचनमा जसपाका ५ जना र नेपाली कांग्रेसका १ जना निर्वाचित भएका हुन् । महिला सदस्यमा जसपाकी अकलिया खातुन मुकेरी, चनरजोतिया दुसादिन, मालती देवी दुसादिन र ललिता देवी निर्वाचित हुदा दलित वा अल्पसंख्यक सदस्यमा जसपाकै हरिओम साह कलवार र कांग्रेसका रामराज चौरसिया निर्वाचित भएका छन्