वीरगञ्ज - न्यूनतम पारिश्रमिक निर्धारण समितिले पर्साका पत्रकारहरु संग आज छलफल गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्था, चुनौती र भावी रणनीति बारे न्यूनतम पारिश्रमिक बारेमा समितिले छलफल गरेको हो । हाृटेल कुमु प्यालेस आयोजित छलफलमा सहभागी पत्रकाहरुले न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गराउनमा केन्द्रित हुने सुझाव दिएका थिए ।
पत्रकारहरुको समस्या जिल्ला जिल्लामा पुगेर सुन्न र बुझ्न आउने न्यूनतम पारिश्रमिक निर्धारण समितिले पारिश्रमिक समयमा उपलब्ध गराउन महत्वपुर्ण भुमिका खेल्न आग्रह गरेका थिए । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्ष्तामा भएको कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्यद्वय विमला पाण्डे, गोपाल तिवारी , नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान , मधेश प्रदेश महासचिव श्याम बन्जारा सहितका २० जना पत्रकाहरु सहभागी थिए । छलफलको सहजीकरण नेपाल पत्रकार महासंघ पर्साका सचिव भुषण यादवले गरेका थिए ।
मनकामना केबलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको । गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मंसिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो।
महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएको भेटिएकाले त्यसमा सिल मारिएको हो ।
लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।
वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिलाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्