वीरगञ्ज वडा २० मा सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु हुने : अध्यक्ष सिंह

वडाअध्यक्ष रामकिशोर सिंह परागले श्री नेपाल रास्ट्रिय आधारभूत बिधालय अपौनी र श्री निरन्जन शाह कलवार आधरभुत बिधालय हरपतगन्जमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गराउने पहिलो निर्णय गरेका छन

सम्वादाता | २०७९ जेठ १३ गते १६: १२ मा प्रकाशित

वीरगञ्ज - वीरगञ्ज महानगरपालिका वडा नम्बर २० का नवनिर्वाचित वडाअध्यक्ष रामकिशोर सिंह परागले आज कार्यभार सम्हालेका छन ।बिहिबार वीरगन्जको पुरानो बसपार्कमा आयोजित पद तथा गोपनीयताको शपथग्रहणपछि सिंहले आज कार्यभार सम्हालेका हुन ।

वडाअध्यक्ष सिंहले श्री नेपाल रास्ट्रिय आधारभूत बिधालय अपौनी र श्री निरन्जन शाह कलवार आधरभुत बिधालय हरपतगन्जमा अङ्ग्रेजी माध्यममा पठनपाठन सुरु गराउने पहिलो निर्णय गरेका छन ।

वडावासीले बोकाएको ठुलो जिम्मेवारी पूरा गर्नु नै ठूलो काम भएको उनले बताए । उनले वडाका कर्मचारीहरूलाई वडावासीको काममा लाग्न निर्देशन पनि दिएका छन । यस्तै पुर्व वडाअध्यक्ष पारस यादवलाई सम्मान पत्र प्रदान गर्दै विदाई गरीएको छ ।

बैठकमा वडा सदस्यहरु प्रधुमन यादव ,अफरोज अंसारी ,संगीता देवि ,सरदा देवी , वडा सचिव ओमप्रकाश यादव , सहायक वडा सचिव सुर्यकान्त झा लगायत सहभागी रहेको थियो।

प्रतिक्रिया दिनुहोस्