वीरगञ्ज २३ मा कुशवाहाले सम्हाले पदभार , निशुल्क स्वास्थ्य बिमा र आँख उपचार गर्ने निर्णय

पदभार सम्हालेको पहिलो दिनमै वडा अध्यक्ष अवधकिसोर कुशवाहाले अति बिपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने र वृद्ध वृद्धाको निशुल्क आँखाको उपचार गराउने निर्णय गरेका छन ।

सम्वादाता | २०७९ जेठ १३ गते १७: १४ मा प्रकाशित

वीरगञ्ज - वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनि बिर्ताका वडा अध्यक्ष अवधकिसोर कुशवाहाले बिधिवत रुपमा पदभार सम्हालेका छन । आज बिहान वैदिक बिधि अनुसार पुजा अर्चना गरी वडा अध्यक्ष कुशवाहा सहित वडा सदस्य लालबाबु यादव, फुलबचनी देवी पासवान, रामप्रसाद यादव र कान्ति देविले दोस्रो कार्यकालको लागि पदभार सम्हालेका हुन ।

पदभार सम्हालेको पहिलो दिनमै कुशवाहाले अति बिपन्न परिवारको निशुल्क स्वास्थ्य बिमा गर्ने र वृद्ध वृद्धाको निशुल्क आँखाको उपचार गराउने निर्णय गरेको जानकारी दिए । उनले स्वास्थय बिमा गर्ने र वृृद्धवृद्धाहरुको आँखाको उपचारको गराउने निर्णयबाट आफनो दोस्रो कार्यकालको काम शुरुवात गरेको जानकारी दिदै पाँच बर्ष भित्र वडालाई नमुना र बिकशित वडाको रुपमा बिकाश गर्ने दावी गर्नुभयो ।

यसैबिच कार्यक्रमका प्रमुख अतिथी नेकपा एमालेका प्रदेश कमिटी सदस्य बिचारी यादवले जनताको भावना बिपरित कुनै पनि गतिबिधि गर्ने छुट जनप्रतिनिधिलाई नभएको बताउदै जनताले दिएको म्यान्डेड पुरा गर्न नवनिर्वाचित जनप्रनिधिलाई यादवले आग्रह गरे । कार्यक्रममा जिल्ला कमिटी सदस्य ताजुदिन अंसारी,अमल यादव,वडा कमिटीका उपाध्यक्ष कैलाश महतो ,सचिव रेयाज अहमद अंसारी ,अमिका यादव, जयनाथ दास ,लक्ष्मी पराजुली, रबिन्द्र यादव ,कार्यलय सचिव,कर्मचारी लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्