थप १२ जनामा कोरोना संक्रमण पुष्टि

देशभर थप १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि

सम्वादाता | २०७९ जेठ १३ गते १६: ५८ मा प्रकाशित

काठमाडौं - पछिल्लो २४ घन्टामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएका २ हजार २ सय ३८ नमूनाको पीसीआर र १ हजार १ सय ४९ नमूनाको एन्टीजेन परीक्षण गरिएको थियो। जसमध्ये पीसीआरबाट ८ जना र एन्टीजेन परीक्षणबाट ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण शुक्रबार कसैको पनि मृत्यु भएको छैन ।त्यस्तै, सोही अवधिमा थप १३ जना कोरोनामुक्त भएका छन्। योसहित नेपालमा ९ लाख ६७ हजार ३७ जना निको भएका छन् ।हाल १ सय २४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्