काठमाडौं : त्रिभुवन विमानस्थलबाट भद्रपुर उडे लगत्तै बुद्ध एयरको जहाज काठमाडौंमा नै फर्काइएको छ। बुधबार बिहान भद्रपुर उडेको बुद्ध एयरको हवाईजहाजको पछिल्लो टायरमा समस्या देखिएपछि पुनस् काठमाडौं फर्काइएको हो।
काठमाडौंबाट जहाज उडेपछि पछिल्लो टायरका केहि पार्टपुर्जा धावनमार्गमा भेटिएको थियो। लगत्तै टावरले उक्त जहाजलाई फिर्ता हुन निर्देशन दिएको थियो। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित नागरिक उड्यान कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले भद्रपुर उडेको जहाजको पाङ्ग्रामा समस्या आएपछि जहाज फिर्ता गरिएको बताए।
काठमाडौंबाट १० स् ४३ मा उडेको जहाज ११ स् ०६ मा फर्किएको हो।उक्त जहाजमा ४ जना उडानसदस्यसहित ७३ जना यात्रु सवार थिए।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
चिसो मौसममा चायाको समस्या धेरैलाई हुने गर्दछ। यो एकप्रकारको फंगल इन्फेक्शन हो। काँइयो, तौलिया, रुमालको माध्यमबाट यो एक व्यक्तिबाट अर्कोमा सर्ने गर्दछ। यो समस्या बढ्दै गएको छ भने चिकित्सकको सल्लाह अनुसार औषधीको प्रयोग गर्नुपर्ने हुन्छ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्