काठमाडौं - पूर्वअर्थमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वृद्धभत्ताको जति कुरा गरेपनि एमालेको ब्राण्ड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै पाण्डेले वृद्धभत्ता ६८ मा झारेपनि ५८ मा झारेपनि केहि फरक नपर्ने बताएका हुन्।
उनले भने,‘वृद्धभत्ताको जति कुरा गरेपनि त्यो एमालेको ब्राण्ड जस्तो हुन्छ। वृद्धभत्ता तपाईं ६८ मा झार्नुस् ५८ मा झार्नुस् केहि फरक पर्दैन। किनभने जनयुद्धमा हाम्रो दाबी पुग्दैन, माओवादी कै पुग्छ। राष्ट्रिय मेलमिलापमा पनि हाम्रो दाबी पुग्दैन त्यो कांग्रेसको दाबी पुग्छ।’ उनले थपे, ‘ठिक त्यसैगरी त्यो वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ। एमालेलाई नै मान्छेले चै स्याबास गर्छन्, ठोक्छन् ताली ठोक्छन् । त्यसैले केहि फरक पर्दैन’
पाण्डेले घोषणा पत्र अनुसार ५ हजार किन नपुर्याएको भनेर प्रश्न गरे।‘तपाईले आफैंले पनि ५ हजार पुर्याउँछु भनेर हिजो घोषणा पत्रमा बोल्या होइन र ? ५ पुर्याएको भए अझ राम्रो हुन्थ्यो नि, किन गर्नु भएन ? त्यसमा चाहिँ बरु गुनासो छ।’
पाण्डेले संकट एकातिर बजेट अर्कोतिर भएको टिप्पणी गरे। उनले स्थानीय चुनाव र आउने चुनावमात्र देखेर बजेट सरकारले बनाएको आरोप लगाए।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्