काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले ल्याएको बजेट ललिपप मात्रै भएको टिप्पणी गरेका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै उनले मानिसलाई भुल्याउने किसिमले मात्र बजेट ल्याइएको धारणा राखेका हुन्। उनले इमान्दारी पूर्वकभन्दा अहिलेको बजेटले हाम्रो जीवनमा परिवर्तन गर्न नसक्ने बताए। ‘देशमा अहिले जुनप्रकारको आर्थिक संकट देखिँदै गएको छ। जुनप्रकारको मूल्य वृद्धि देखिँदै गएको छ। त्यसलाई रोक्नेतर्फ यो बजेट उन्मुख छैन।’उनले भने,‘यो बजेट केबल निर्वाचन लक्षित छ, आगामी निर्वाचनलाई केन्द्रमा राखेर ल्याएको छ। बजेटको स्रोत के हो, कार्यान्वयनका आधारहरु के हुन् कहि पनि स्पष्ट छैनन्।’बजेटको जवाफमा अहिले मात्रै होइन पहिले पनि वितरणमुखी आएको भन्दै पन्छिएको भन्दै लिङ्देनले आपत्ति जनाए।
उनका अनुसार नेपालमा साधारणतया वर्षमा दुइ हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुन्छन् । ‘८० प्रतिशत वन डढेलोको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छ । चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटना हुने गर्छ । यस कारण अहिले हामी उच्च जोखिमको समयमा छौं’, शर्माले भने, ‘मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलोको घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ । वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ । यो समयमा डढेलोको घटना बढी हुने गरेको पाइन्छ ।’
सर्वोच्चले वैज्ञानिक कारणविना जथाभावी रूपमा मापदण्ड संशोधन नगर्न पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सर्वोच्चले यसअघि ८ असार ०७९ मा संशोधित मापदण्ड लागू नगर्न अन्तरिम आदेश जारी गरेकामा हाल आएर बदर नै गरिदिएको हो।
अख्तियारले जयसवालसमेतका विरुद्ध गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा दायर गरेको थियो। यसैगरी, २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। यी सबैमा सफाइ दिने फैसला भएको हो।
सीमावर्ती भारतीय बजार रक्सौल निवासी पासवान सोमबार राति करिब ११ बजेको समयमा भारतबाट बीआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा लागू औषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी परिचालन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्