चोरी भएका १५ थान मोवाईल सम्बन्धीत धनीलाई फिर्ता

जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा चोरी भएका १५ थान मोवाईल सम्बन्धीत मोवाइल धनीलाई फिर्ता गरेको छ ।

सम्वादाता | २०७९ जेठ १७ गते १६: २६ मा प्रकाशित

वीरगञ्ज - जिल्ला प्रहरी कार्यालय पर्साले विभिन्न मितिमा चोरी भएका १५ थान मोवाईल सम्बन्धीत मोवाइल धनीलाई फिर्ता गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानका व्यक्तिहरुले मोवाईल हराएको र चोरी भएको उजुरीका आधारमा अनुसन्धान गर्दै प्रहरीले १५ जनाको मोवाईल फेला पारेको हो ।

फेला परेका १५ वटा मोवाईल सम्बन्धित मोवाईल धनीलाई जिल्ला प्रहरी कार्यालय मै बोलाएर बुझाएको पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

यसका साथै अन्य हराएका र चोरी भएका मोवाईलको खोजी कार्य पनि जारी रहेको प्रहरी नायब उपरीक्षक खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्