वीरगञ्ज - सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि सेयर बजार लगातार दोस्रो दिन पनि घटेको छ । सेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि उच्च अंकले गिरावट आएको छ। नेप्से परिसूचक ३५.५३ अंकले घटेर २१३७.९२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.११, फ्लोट इन्डेक्स २.४० र सेन्सेटिभ फ्लोट इन्डेक्स २.१० अंकले घटेको छ।
मंगलबार कारोबारमा आएका २२९ कम्पनीको ३७ लाख ६९ हजार कित्ता सेयर एक अर्ब ३१ करोड ७६ लाख रुपैयाँबराबरको खरिद–बिक्री भएको छ। सोमबारको तुलनामा मंगलबार कारोबार रकममा पनि गिरावट आएको छ। सोमबार एक अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
आज १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहबाहेक अरू सबै उपसमूहको परिसूचकमा गिरावट आएको छ। जसमध्ये निर्जीवन बिमा उपसमूहको परिसूचक सर्वाधिक २.५६ प्रतिशत घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।
यद्यपि, आज उपकार लघुवित्तको सेयरमूल्य भने ८.२३ प्रतिशतले बढेको छ। त्यसैगरी, एनएमबी ५० र सामलिङ पावर कम्पनीको सेयरमूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ। आज नेपाल इन्भेष्टमेन्ट बैंकको मूल्य नकारात्मक सर्किट लेभलमा कारोबार हुँदा एनएलजी इन्स्योरेन्सको सेयरमूल्य ६.५ प्रतिशत घटेको छ।
कम्पनीका अनुसार अवतार ११ नेपाली बजारमा उपलब्ध हुने सबैभन्दा प्रिमियम ईभी हुनेछ । यसले कम्फर्ट, स्टाइल, टेक्नोलोजी र इनोभेसनद्वारा ड्राइभिङ गर्ने व्यक्तिलाई असीमित अनुभव प्रदान गर्ने छ ।
यो नयाँ कारमा ९०.३८ किलोवाट आवर र ११६.७९ किलोवाट आवरको ब्याट्री प्याक अप्सन दिइएको छ । ७५० भोल्टको हाई भोल्टेज प्लेटफर्ममा निर्मित यो कारले २४० किलोवाट आवरको फास्ट चार्जर समेत सपोर्ट गर्दछ ।
चालु आर्थिक वर्षको तुलनामा बजेट घटेर आएको भए पनि बजेटमा आगामी आर्थिक वर्षमा वीरगन्जलाई सुन्दर, समुन्नत र समृद्द बनाउने गरी विषेश कार्यक्रम समेटेको उनले जनाए ।
प्रहरी नायव उपरीक्षक दिपक भारतीका अनुसार जिल्ला प्रहरी कार्यालयबाट सोमबार दिउसो साढे दुई बजेको समयमा गएको प्रहरी टोलीले गुप्ताले भाडा लिएको कोठाबाट १० लाख ७४ हजार रुपैया बराबरको मोटरसाइकलका पार्टसहरु बरामद गरेको थियो ।
गत वर्ष लगाइएका करमा आएको विवाद निरूपण गर्ने र कर कानूनहरूलाई थप व्यवस्थित गर्न नयाँ ऐनको समेत व्यवस्था गरिँदै छ। यस पटक पनि बजेटबाट केही नयाँ करको व्यवस्था गरिने छ।
प्रतिक्रिया दिनुहोस्