वीरगञ्ज - सर्वोच्च अदालतले नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्तिविरुद्धको अर्को सुनुवाइ जेठ ३० मा तोकेको छ। सरकारले धीरजप्रताप सिंहलाई आइजिपीमा बढुवा गरेकोविरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइको लागि पेसी तोकिएकोमा जेठ ३० गतेका लागि अर्को पेसी तोकिएको हो।
मुद्दामा न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा। कुमार चुडालको संयुक्त इजलासमा सुनुवाइ तोकिएको थियो। गत वैशाख २२ गते न्यायाधीश सुस्मालता माथेमाको एकल इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो। न्यायाधीश माथेमाको इजलासले अन्तिम सुनुवाइका लागि आज पेसी तोक्ने आदेश गरेको थियो। आज न्यायाधीशद्वय श्रेष्ठ र चुडालको संयुक्त इजलासले एआइजी बढुवाविरुद्ध परेका रिटलाई समेत एकैसाथ राखी सुनुवाइको आदेश गरे पनि यसविरुद्ध रिट हालेका ईश्वरबाबु कार्की, घनश्याम अर्याल, प्रकाशजंग कार्कीको म्याद तामेल भइनसकेको भन्दै यस्तो आदेश गरेको हो।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्