भन्सार एजेण्टको नतिजा प्रकाशित, ८६० जना उत्तीर्ण

भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।

सम्वादाता | २०७९ जेठ १७ गते १३: २७ मा प्रकाशित

वीगञ्ज - भन्सार विभागले गत वैशाख १६ गते सञ्चालन गरेको भन्सार एजेण्टको लिखित परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ । लोकसेवा आयोगसँगको सहकार्यमा सञ्चालन गरिएको परीक्षामा ८६० जना लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अब लिखित परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरुको आगामी असार ५ गतेदेखि लोकसेवा आयोगसँगको सहकार्यका अन्तर्वार्ता हुने छ । विभागले भन्सार ऐन बमोजिम ६६० जना एजेण्ट थप गर्न भन्दै २०७७ चैत १६ गते सूचना प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्