जनकपुरधाम - मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ २१ गते शनिबार ल्याउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभा सचिवालयमा प्रस्तुत गर्न लागेको हो ।
बजेट अधिवेशन यही जेठ १९ गते आह्वान गरिएको छ । जेठ २१ गतेको वैठकमा प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहले जानकारी दिए ।
उनका अनुसार विगतका पुराना लोकप्रिय कार्यक्रमलाई निरन्तरता र थप कार्यक्रम नीति तथा कार्यक्रममा समावेश गरिएको छ । कृषि, स्वास्थ्य, शिक्षा, सिचाई तथा पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम ल्याउन लागेको मन्त्री साहले जानकारी दिए ।
वैदेशिक रोजगारबाट फर्केका युवालाई प्रदेशमै रोजगारीका लागि अनुदान, कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्नेलगायत कार्यका लागि अनुदानमूलक कार्यक्रम अन्य वर्षको तुलनामा बढी समेटिने बताइएको छ ।
श्रमाधान योजना भित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइने मन्त्रालयले जनाएको छ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री डोल प्रसाद अर्यालले बताए ।
अख्तियारले जयसवालसमेतका विरुद्ध गत वर्ष ३ जेठमा र २४ साउनमा गैरकानुनी लाभका दुई मुद्दा दायर गरेको थियो। यसैगरी, २० असार २०८० मा झुट्ठा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै थप तीन मुद्दा दायर भएका थिए। यी सबैमा सफाइ दिने फैसला भएको हो।
सीमावर्ती भारतीय बजार रक्सौल निवासी पासवान सोमबार राति करिब ११ बजेको समयमा भारतबाट बीआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा लागू औषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी परिचालन गरेको थियो ।
“तातो बढ्ने भएकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ”, विभागले भनेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले तातो बढेसँगै आगलागी, हावाहुरीलगायतका समस्या झन बढ्न सक्ने भएकाले सावधानी अपनाउनुपर्ने बताउनुभयो । उहाँका अनुसार यस वर्ष सबैभन्दा बढी ४३.६ डिग्री तापक्रम मापन भएको छ । भैरहवामा वैशाख आठ गते उक्त तापक्रम रेकर्ड भएको थियो ।
प्रतिक्रिया दिनुहोस्