हमार वीरगन्ज Admin

मन्त्री हेरफेरबारे एकीकृत समाजवादीको सचिवालय बैठकमा छलफल

२०७९ जेठ २२
मन्त्रीहरू हेरफेर गर्ने वा नगर्ने शीर्ष नेताहरूसँग छलफल गरेर अध्यक्ष माधवकुमार नेपालले नै निर्णय गर्ने उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए। उनकाअनुसार मन्त्रीहरूलाई सरकारमा पठाउँदा छ महिनाको समय दिइएको थियो।‘हामीले छ महिनाका लागि भनेर मन्त्रीहरू पठाएका थियौं। छ महिनाभन्दा बढी भइसक्यो। मन्त्रीहरूसँग बसेर यसबारे छलफल गर्छौं,’ सचिवालय बैठकपछि आज उनले पत्रकारहरूसँग भने, ‘शीर्ष नेताका बीचमा समझदारी भएर उपयुक्त ठानेमा अध्यक्षले आवश्यक निर्णय लिनुहुन्छ।’

वीरगञ्जमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपन २०७९ जेठ २२

ग्रिनसिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर र राष्टपति चुरे तराई मधेश संरक्षण विकास समिति भरतपुर चितवनको सयुक्त आयोजनामा वृक्षारोपन कार्यक्रम सम्पन्न भएको हो ।