४१ लाख ५५ हजार सहित एक हुन्डी कारोबारी पक्राउ

सम्वादाता | २०७९ सावन ४ गते १८: १९ मा प्रकाशित

वीरगन्ज– स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ सहित एक भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा बुधवार प्रदेश प्रहरी कार्यालय जनकपुर र पर्सा प्रहरीबाट खटिएको टोलीले सीमावर्ती विहारको रक्सौलबाट वीरगन्ज तर्फ आइरहेको बीआर०५एन ०२३८ नम्बरको भारतीय मोटरसाइकललाई वीरगन्ज–१६ रजतजयन्ती चोकमा चेकजाँच गर्दा उक्त रकम बरामद भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकलको सिटमुनी र ट्यांकीमा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको ४१ लाख ५५ हजार रुपैयाँ बरामद भएको पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताए । मोटरसाइकलमा सवार भारत विहार पूर्वी चम्पारण रक्सौल निवासी २५ वर्षीय राकेश कुमारलाई नियन्त्रणमा लिई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाएको एसपी बस्नेतले जनाए । 

प्रतिक्रिया दिनुहोस्