हेटौंडा -नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा आज शुक्रबार बागमती प्रदेशको राजधानी हेटौंडा आउने भएका छन् । देउवा नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न आज हेटौंडा आउन लागेका हुन् ।
उद्घाटन कार्यक्रममा देउवासँगै कांग्रेस उपसभापति द्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री द्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सह महामन्त्री महालक्ष्मी उपाध्याय डिनालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज उद्घाटन सत्र र भोलि शनिबार निर्वाचन हुने प्रेस युनियनको राष्ट्रिय महाधिवेशनको तयारी पुरा भएको युनियनले जनाएको छ ।
आज मकवानपुर उद्योग वाणिज्य संघ अगाडिबाट प्रभात फेरी गर्दै कार्यक्रम स्थल रोयल पार्टी प्यालेसमा महाधिवेशन कार्यक्रम सुरु हुने बताइएको छ । महाधिवेशनमा संघीय संरचना अनुरूप विधान संशोधनसहित निर्वाचन कार्यक्रम रहेको छ । महाधिवेशनमा देशभरबाट १६ सय भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने युनियनले जनाएको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्