वीरगञ्जमा सिटिजन बचत तथा ऋण सहकारी संचालनमा

मेयर सिहंले गरे सिटिजन बचत तथा ऋण सहकारीको उद्घाटन

वीरगञ्ज - वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहले आज एक कार्यक्रमका बिच सिटिजन बचत तथा ऋण सहकारी संस्थाको उद्घाटन गर्नुभएको छ । बिर्ता ४ स्थित शान्ति पोलि क्लिनिकको माथिल्लो तल्लामा रहेको सहकारीको मेयर सिंहले उद्घाटन गरेका हुन । संस्थाको अध्यक्ष प्रमोद सर्राफको अध्यक्षता सम्पन्न उद्घाटन समारोहमा डा. निरज कुमार सिंह, डा. कुशराज गिरी, डा. दिलिप चौरसिया, डा. राजेश चौधरी, डा. उमेश सर्राफ, डा. रबिन्द्र प्रताप सिंह, डा. रामअवतार खेतान, डा. अजय यादव,वडा अध्यक्ष वैजुलाल स्वर्णकार, लोसपाका नेता निजामुदिन समानी, ओमप्रकाश सर्राफ, नेपाल औषधि व्यवसायि संघका अध्यक्ष ताजुदिन अंसारी,उपाध्यक्ष अजय यादव, महासचिव विश्वराज गौतम,सचिव पंकज साह,औषधि व्यवसायि सुनिल साह, ठाकुरराम क्याम्पसका प्रोफेसर कण्ठ साह लगायतको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्