अमेरिकी राष्ट्रपति बाइडन कोरोना संक्रमित

अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

सम्वादाता | २०७९ सावन ६ गते ०७: ०७ मा प्रकाशित

काठमाडौं - अमेरिकी राष्ट्रपति जो बाइडन कोरोना भाइरसबाट संक्रमित भएका छन् । ह्वाइट हाउसका प्रवक्ताले यसको पुष्टि गरेका छन् ।

थकाइ महसुस, हल्का खोकी र रुघा लागेपछि बिहीबार परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको बीबीसीले जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएकाले आइसोलेसनमा बसेर काम गर्दै आएका छन् । साथै उनले एन्टीभाइरल औषधि पनि लिइरहेका छन् ।
७९ वर्षीय राष्ट्रपति बाइडनमा कोरोना भाइरस संक्रमणको सामान्य लक्षण देखिएको छ । उनले टेलिफोन र भर्चुअल माध्यमबाट बैठकमा भाग लिंदै आएका छन् ।

यसैगरी राष्ट्रपति बाइडनकी पत्नी जिल बाइडनका अनुसार उनी संक्रमित भए पनि स्वास्थ्य अवस्था ठिक छ । आफ्नो कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको उनले बताएकी छिन् ।

राष्ट्रपति बाइडनका चिकित्सक डा। केभिन कोनोरले ट्वीट गरेर राष्ट्रपति बाइडन कोरोनाबाट संक्रमित भएको जनाएका छन् । उनले कोरोनाविरुद्धको खोपको पूरा मात्र लिएका थिए । साथै उनले दुई बुस्टर डोजसमेत लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्