अघिपछि रातको समयमा हुने तस्करी अहिले दिनको उज्यालोमै मूख्य नाकाबाट हुन थालेको छ । घरायसी सामान खरिद गरि रक्सौल बजारबाट आउने सर्वसाधारणलाई नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच गरेपनि तस्करीका सामान बोकेर आउने भरिया निर्वाध रुपले आउने गरेका छन् ।
वाराका यसअघिका एसपी दिलिप सिंह देउवाको एसएसपीमा बढुवा भएपछि बोगटीको बारा सरुवा भएको हो । डीएसपी हुदा जिल्ला प्रहरी कार्यालय पर्सामा बोगटीले गरेका काम कारवाहीले उनी चर्चित भएका थिए ।