विजनेश
सरकारले चिनी मिल चलाउने , निजगढ विमानस्थलको निर्माण यसै वर्षदेखी सुरु हुने : अर्थमन्त्री शर्माले
‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । यो अहिलेको शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’ उनले भने ।हालै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरिदिएको छ र विमानस्थल बनाउनै पर्ने भएमा विकल्प खोज्न आदेश दिएको छ । तर उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गर्ने दाबी गरेका हुन् ।