वीरगन्ज नाकाबाट व्यापक तस्करी

संस्थागत रुपमै तस्करी मौलाएपनि सरोकारवाला निकाय मौन छन् ।

सम्वादाता | २०७९ सावन ९ गते १७: ३१ मा प्रकाशित

वीरगन्ज– पछिल्लो समय वीरगन्जबाट व्यापक रुपमा तस्करी भइरहेको सार्वजनिक भएको छ । संस्थागत रुपमै तस्करी मौलाएपनि सरोकारवाला निकाय मौन छन् । अघिपछि रातको समयमा हुने तस्करी अहिले दिनको उज्यालोमै मूख्य नाकाबाट हुन थालेको छ । घरायसी सामान खरिद गरि रक्सौल बजारबाट आउने सर्वसाधारणलाई नाकामा तैनाथ सुरक्षाकर्मीले चेकजाँच गरेपनि तस्करीका सामान बोकेर आउने भरिया निर्वाध रुपले आउने गरेका छन् । वीरगन्ज नाका हुँदै अहिले कपडा, मोटरपार्टस, चिनी, खसी, हार्डवेयर, चामल लगायतको सामानको तस्करी व्यापक रुपमा भइरहेको छ ।

तस्बिर : सौजन्य/जाकिर

 

प्रतिक्रिया दिनुहोस्