वीरगञ्ज - अर्थमन्त्री जनार्दन शर्माले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने बताएका छन् । शनिबार वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ आंै साधारणसभामा बोल्दै मन्त्री शर्माले निजगढ विमानस्थल यसै वर्ष निर्माण सुरु गर्ने प्रतिवद्धता जनाएका हुन् । ‘निजगढ विमानस्थल बनाउने हो, बन्छ, यसै वर्ष सुरु गर्ने हो । यसको लागि म जे पनि गर्न तयार छु । यो जनार्दन शर्माको प्रतिवद्धता हो । यो अहिलेको शेरबहादुर देउवा सरकारको प्रतिबद्धता हो’ उनले भने । हालै सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण गर्न सरकारले गरेका सबै निर्णय बदर गरिदिएको छ र विमानस्थल बनाउनै पर्ने भएमा विकल्प खोज्न आदेश दिएको छ । तर उक्त फैसलाको पूर्णपाठ सार्वजनिक नहुँदै अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गर्ने दाबी गरेका हुन् । अर्थमन्त्री शर्माले वीरगञ्ज चिनी मिल चलाउने कुरा बजेटमा उल्लेख गरिएको भन्दै त्यसलाई मजाकको रुपमा नलिन पनि आग्रह गरे । उनले ५–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा सो चिनी मिल चलाउन सरकार तयार रहेको बताए । मन्त्री शर्माले चिनी मिल सञ्चालनका लागि किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफलाइन’ भएको बताए ।
वीरगन्ज महानगरपालिकामा हाल ४ वटा क्यासिनो सञ्चालनमा रहेका छन् । सुरज होटलमा फरचुन सिटी गेमिङ क्लब, होटल भिस्वामा सेन्ट्रल मिडिया गेमिङ क्लब, लर्डस दियालोमा किंग्स क्यासिनो र क्लार्क रिर्सोट गोल्डेन फिंगर क्यासिनो सञ्चालनमा रहेका छन् ।
लाजिम्पाट स्थित होटल दुसित प्रिन्सेसमा सम्पन्न भएको महाधिवेशनमा दुईवटा केन्द्रीय उपाध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा निर्वाचन भएको थियो भने अध्यक्ष लगायत अन्य पदमा पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका थिए ।
अघिल्लो आर्थिक वर्षको ६ महिनामा संकलित राजस्व भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको हो । कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ । सोही अवधिमा गत आर्थिक वर्ष १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो ।
वीरगन्ज उद्योग वाणिज्य संघले सर्टिफिकेट अफ ओरिजन (सी.ओ)बाट नै मूख्य आम्दानी गर्ने गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा संघले सीं.ओ.बाट १ करोड ९६ लाख ५८ हजार रुपैया आम्दानी गरेको थियो । तर, आर्थिक वर्ष २०७९/८० मा सी.ओ.बाट हुने आम्दानी झन्डै एक करोड रुपैयाले घटेको पाइएको छ ।
प्रतिक्रिया दिनुहोस्