पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै बढ्यो गाडी भाडा

पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। 

सम्वादाता | २०७९ जेठ २७ गते १३: २३ मा प्रकाशित

काठमाडौं - पेट्रोलियम पदार्थमा मूल्य वृद्धि भएकै दिन सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ। 

यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना जारी गर्दै अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडादर ३।७ प्रतिशतसम्म बढाएको हो।

यसअघि सरकारले जेठ ११ गते मात्रै विभागले गाडी भाडा २ प्रतिशत घटाएको थियो।

नेपाल आयाल निगमले आजदेखि लागू हुने गरी डिजेलको मूल्यमा एकै पटक १२ रुपैयाँ बढाएको थियो ।।

 

प्रतिक्रिया दिनुहोस्