३४ करोडभन्दा बढीको सुपारी आयात गर्दै श्रीराम टोबाको

उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढेको उद्योग विभाग स्रोतले जनाएको छ

सम्वादाता | २०७९ बैशाख १७ गते १७: ५९ मा प्रकाशित

वैशाख, काठमाडौं– लुम्बिनी प्रदेशको रुपन्देहीमा रहेको श्रीराम टोबाको उद्योगले झण्डै २३ सय मेट्र्रिकटन सुपारी आयातको प्रक्रिया अघि बढाएको छ । उद्योगले उत्पादन गर्ने गुट्खाका लागि ३४ करोड ९९ लाख ५० हजार मूल्य बराबरको सुपारी आयातको प्रक्रिया अघि बढेको उद्योग विभाग स्रोतले जनाएको छ । जसमध्ये ५१० मेट्र्रिकटन सुपारी आयात अनुमति जारी भई प्रतीतपत्र समेत खुलिसकेको छ ।

उक्त परिमाणको सुपारी इण्डोनेसियाबाट खरिद गर्न लागिएको उद्योगले जनाएको छ । इण्डोनेसियामा प्रतिकिलो सुपारीको मूल्य १४७ रुपैयाँ नेपाली पर्छ । लामो विवादपछि गत महिना सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात कोटा निर्धारण गरेको थियो । जसमध्ये श्रीराम टोबाकोले सुपारी र अन्य ७ कम्पनीले मरिच आयातका लागि प्रक्रिया सुरु गरेका थिए । डाबर नेपालले केही मात्रामा मरिच आयात थालिसकेको छ । (साभार : अनलाइनखबर)

प्रतिक्रिया दिनुहोस्