हमार वीरगन्ज Admin

साढे २ महिनापछि हेटौंडा सिमेन्ट उद्योगले सुरु गर्‍यो क्लिङ्कर उत्पादन

२०८१ भदौ १५
उद्योगलाई आवश्यक पर्ने कोइला उद्योगमा मौज्दात भएपछि पुनः सिमेन्ट उत्पादन सुरु गरिएको हो । गतसाता संघीय उद्योगमन्त्री दामोदर भण्डारी, प्रतिनिधिसभा सदस्य महेशकुमार बर्तौलालगायतको टोलीले हेटौंडा सिमेन्ट उद्योगको वर्तमान अवस्था अवलोकन गरेपछि हेटौंडा सिमेन्ट उद्योगलाई विशेष बजेटको व्यवस्था गरेर संचालनमा ल्याउने सरकारको तयारी रहेको अध्यक्ष भण्डारीले जानकारी दिए ।