शरीरमा आउने पोतोलाई हामी एक किसिमको छाला रोगको रूपमा लिन्छौं। यो एक किसिमको कस्मेटिक रोग हो। यसले बढी मानसिक तनाव गराउँछ। यो सबैभन्दा बढी मुखमा हुन्छ भने पुरूषको तुलनामा महिलालाई धेरै हुन्छ।
घाममा धेरै बस्दा अनि वंशाणुगत कारणले पनि चाया पोतो हुन्छ। गर्भ निरोधक पिल्स, छारे रोगको औषधि खानेलाई पनि हुन्छ। कतिपय हर्मोनका कारणले पनि पोतो आउँछ।
१० प्रतिशतलाई कुनै कारण नभई यस्तो हुन्छ। चाया, पोतो धेरै मुखमै आउँछ। प्राय: गरेर गालाको माथिल्लो भागमा, नाकमा, निधारमा अनि चिउडोमा आउँछ।
पोतोको रंग हेरेर यसको उपचार हुन्छ। यसको प्राथमिक उपचार भनेको घामबाट बच्नु हो। चिल्लो छाला छ भने जेल, लोसन र सुख्खा छाला छ भने क्रिमहरू लगाउन सकिन्छ। त्यसका लागि परामर्श लिनुपर्छ।
भिटामिन सि, भिटामिन ए खान सकिन्छ। गाँजर, पाकेको फर्सी, अमला र अमिलो खानाहरू खान सकिन्छ। जसले छालालाई घामबाट बिगार्न जोगाउँछ।
अरू मलम पनि पाइन्छ। कतिपय खाने औषधि नै हुन्छ। यति मात्रै नभएर विभिन्न सर्जिकल उपचार पनि चलेको छ। कतिपय खर्चिलो उपचार पनि हुन्छ।
आफ्नो चाया पोतोलाई आफै उपचार नगरौं। यसको लागि स्किनको डाक्टरसँगै परामर्श लिनुपर्छ। उहाँहरूसँग परामर्श लिएर मात्रै उपचार गरौं। औषधि ठीक मात्रामा भएन भने त्यसले दीर्घकालीन समस्या निम्त्याउँछ।
यसलाई लापरबाही गरेमा भित्री रोग त निम्त्याउँदैन तर आत्मबल कमजोर बनाउँछ। गलत उपचार र मल्हमको प्रयोगले दीर्घकालीन समस्या निम्त्याउँछ।
टेकुले स्याम्पल लिएर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको थियो । त्यहाँबाट आएको रिपोर्ट अनुसार उनमा मंकीपक्सको संक्रमण देखा परेको हो ।यसअघि गत १ असारमा एकजना विदेशी महिलालाई मंकीपक्स पुष्टि भएको थियो । नेपालीलाई मंकीपक्स देखिएको यो पहिलो घटना हो ।
यो समस्यामा सोडियम सेवन सीमित हुनुपर्छ । किनभने यसले तरल पदार्थ जम्मा गर्ने र उच्च रक्तचाप निम्त्याउन सक्छ, जुन बिरामीका लागि हानिकारक हुनसक्छ । त्यसैले सोडियमको मात्रा १ हजार ५०० मिलिग्राम प्रतिदिनमा सीमित गर्नुपर्छ । ताजा फलफूल र तरकारीहरू जस्ता सोडियम कम भएका खाना छनोट गर्नुपर्छ ।
देशभित्रका मेडिकल कलेजमा न्यून तलब, कामको सम्मान नहुने र सरकारी क्षेत्रमा दरबन्दी नखुल्ने जस्ता समस्याले नर्स वैदशिक यात्रामा बढी आकर्षित भइरहेका छन् । देशका ठूला, गुणस्तरीय र अन्तर्राष्ट्रिय स्तरका अस्पतालका नर्सहरू समेत न्यून पारिश्रमिकमा काम गरिरहेका छन् ।
कब्जियतको समस्या लिएर धेरै बिरामी आउँछन्। कतिपय १०-१२ दिनसम्म पनि दिसा नभएको समस्या लिएर आउँछन्। हामीले जाँच गरेर हेर्दा दिसा धेरै सुख्खा भइसकेको हुनाले सामान्य उपचारबाट कहिलेकाहीँ ननिस्किने हुन्छ र शल्यक्रिया नै गर्नुपर्ने अवस्था पनि आउँछ। कसैको आन्द्रा नै पुरै बटारीएको हुन्छ। त्यस्तै थाइराइडको समस्या छ भने पनि कसैलाई कब्जित हुन्छ भने कलेजोको समस्या, लामो समयदेखि औषधी खाइरहेका दीर्घ रोगीलाई कब्जियतको समस्या हुने सम्भावना धेरै हुन्छ।
प्रतिक्रिया दिनुहोस्