वीरगञ्ज - नेपाल पत्रकार महासंघ पर्सा शाखाले आज नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर शुभकामना समारोहको आयोजना गरेको छ । उक्त शुभकामना समारोहका प्रमुख पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले सबै महिला पत्रकारहरुले विभिन्न पर्वको नाममा सृजना हुने विकृति र विसंगतिको विरुद्ध कलम चलाउनु पर्ने धारणा राख्नु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, जिल्ला प्रहरी कार्यालय प्रहरी नायब उपरीक्षक श्री बुढाथोकी, पत्रकार महासंघका केन्द्रिय पार्षद महेशचन्द्र गौत्तम, पत्रकार महासंघकी सदस्य कविता खड्का, निलिमा पौडेल, माधुरी महतो लगायतले आ–आफ्नो धारणा राख्नु भएको थियो । महासंघका अध्यक्ष अनुप तिवारीको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन सदस्य तिवारी यादवले गर्नुभएको थियो । कार्यक्रममा सहभागी महिला पत्रकारहरुलाई महासंघ शाखाले तिजमा पहिरहनको निम्ती साडी समेत उपहारको रुपमा प्रदान गरेको थियो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्