वीरगञ्ज – वीरगञ्जका युवा विशाल पटेलले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेका छन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ पिपरा निवासी विशाल पटलले आज सोमबार मनवसेवा आश्रम वीरगञ्जमा पुगेर पचास हजार नगदसहित फलफूल वितरण गरेका हुन ।
सडकमा अलपत्र रहेका बालबालिका तथा वृद्धवृद्धालाई गास, बास कपाससँगै उपचार सेवासमेत प्रदान गर्दै आएकोले मानव सेवा आश्रम वीरगन्जलाई आर्थिक सहयोग गरेको पटेलले बताए । पटेलले आश्रममा रहेका असहाय तथा दीनदुःखीका लागि आर्थिक सहयोग प्रदान गरेका हुन् ।
आश्रमका कर्मचारीलाई पचास हजर नगद हस्तान्तरण गर्दै पटेलले गरिब, असहाय, दीनदुःखीको सेवा नै साँचो अर्थमा मानवता रहेको बताए । उनले असहाय वृद्धवृद्धा, महिला, बालबालिकाको उद्धार गर्दै खान, बस्न र औषधोपचारको सुविधा प्रदान गरी आश्रमले मानवताको संवद्र्धन गरेको विचार व्यक्त गरे ।
कार्यक्रममा अनिल पटेल , मुनेश पटेल , मन्जय पटेल , सधेस पटेल ,राम पटेल ,विनय पटेल जयराम पटेल र आश्रमका प्रतिनिधिहरु को उपस्थिति रहेको थियो ।
करिडोर चौडा भएदेखि नै ठूला मालवाहक ट्रक र पर्यटक बोकेका बस गैँडाकोटबाट जैमिनीधाम, बागलुङ कालिका, पञ्चकोट हुँदै मुक्तिनाथ पुग्ने गरेका छन्। कालोपत्र सम्पन्नपछि यो क्षेत्रमा सवारीको चाप निकै हुने देखिन्छ भने भारतबाट बागलुङ, म्याग्दी र मुस्ताङ भित्रिने छोटो मार्ग यही करिडोर भएको उनको भनाइ छ।
हाल स्वास्थ्य सेवाका कर्मचारीको व्यवस्थापन र सेवा सञ्चालन स्वास्थ्य सेवा ऐन २०५३ अनुसार भइरहेको छ । अहिले तीन तहको कर्मचारीसम्बन्धमा अन्र्तसम्बन्ध कायम गर्न जटिलता देखिएको छ । यसका अलावा स्वास्थ्य सेवामा रहने पद र वृत्तिविकासमा सम्बन्धमासमेत अन्यौल रहेकाले ऐनले त्यो विषय चिर्ने विश्वास लिइएको छ ।
कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
प्रतिक्रिया दिनुहोस्