बजाज माइलेज प्रतियोगिता श्रीपुर पचगवामा हुने

भदौ ७ गते मगलबार बजाज कम्पनीका आधिकारीक बिक्रेता ऋषभ मोटर्स वीरगन्जले बजाज माइलेज प्रतियोगिता गर्ने लागेको छ ।

सम्वादाता | २०७९ भदौ ६ गते १७: ०९ मा प्रकाशित

वीरगञ्ज : सखुवा प्रसौनी गाउँपालिकामा बजाज माइलेज प्रतियोगिता हुने भएको को छ ।भदौ ७ गते मगलबार बजाज कम्पनीका आधिकारीक बिक्रेता ऋषभ मोटर्स वीरगन्जले बजाज माइलेज प्रतियोगिता गर्ने लागेको हो ।
ऋषभ मोटर्स बजाज शो रुममा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि पर्साको सखुवा प्रसौनी गाउँ पालिका वडा २ श्रीपुर पचगवा फुटबल खेल मैदानमा माइलेज प्रतियोगिता गर्ने भएको जानकारी गराएको छ ।

पत्रकार सम्मेलनमा मोर्टसका मैनेजर अर्जुन चौधरीले मोटरसाइकल माइलेज बढी कसरी निकाल्ने, माइलेज बढी निकाल्न वा लिनको लागि के के कुरामा ध्यान दिनुपर्छ भन्ने बारेमा जानकारी गराउनु भयो ।

उहाले कन्टेस्टमा सहभागीहरु मध्ये प्रथम, दोश्रो र तेस्रो हुनेलाइ पुरस्कारको पनि व्यवस्था मिलाएको बताउनु भयो ।

पत्रकार सम्मेलनमा हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रालिका क्षेत्रिय प्रमुख बिजय कुमार सिहले प्रतियोगितामा सहभागीहरुलाइ बजाज कम्पनीकै माइलेज नाप्ने प्रबिधी जडित प्लाटिना मोटरसाइकल उपलब्ध गराइ प्रतियोगिता गरिने छ ।

करिब १ सय भन्दा बढीको प्रतियोगितामा सहभागिता गराउने लक्ष्य रहेको उनले बताए । पेट्रोलियम पदार्थको मूल्य अकासिएको अवस्थामा प्लाटिना बाइकको माइलेजले अहिले निकै महत्व दिएको छ ।

यो बाइकलाइ शहर बजार क्षेत्रमा खासै महत्व नदिएपनी ग्रामिण भेगमा यस्तो छुट्टै महत्व छ, क्षेत्रिय प्रमुख सिहले भने ´ कम लगानीमा बढी माइलेज दिने गरेको कारण ग्रामिण भेगका स्थानिय बढी आकर्षण हुने गरेका छन ।´

यसअघि कम्पनीले महोत्तरी, रौतहट र भेरी अन्चलमा बजाज माइलेज प्रतियोगिता सम्पन गरि सकेको उनले बताए । ऋषभ मोर्टसले बिगत १८ बर्षदेखी पर्सामा आफ्नो सेवा प्रभाव गर्दै आएको छ । पत्रकार सम्मेलनमा हुलास फिनसर्भ लिमिटेडका ऋण अधिकृत रुपेश साह लगायतको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्