पहिलो लहर विस्तारै सामान्य हुँदै जाँदा राजनीतिक गतिविधि बढे, सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्ड नअपनाउँदा दोस्रो लहर निम्त्यायो । दोस्रो लहर बढी घातक भयो । संक्रमित संख्या ह्वात्तै बढ्दा अस्पतालका स्रोत र साधनले थेग्न सकेनन् भने अक्सिजनकै अभावमा धेरैले ज्यान गुमाए । दोस्रो लहरमा मात्र ८ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । दोस्रो लहरमा रूप परिवर्तन भएर फैलिएको संक्रामक भाइरसले दीर्घरोग तथा बिरामी मात्र होइन, सबै उमेर समूहलाई गम्भीर गरायो ।
जोमसोमदेखि चीनको स्वशासित क्षेत्र तिब्बतको सिमानामा रहेको कोरला नाका जोड्ने आठ वटा खण्डको एक सय १० किलोमिटर सडकमध्ये छ वटाको ७५ किलोमिटरमा ग्राभेल भएको छ ।