सिमराः अज्ञात समूहको गोली प्रहारबाट शुक्रबार साँझ गम्भीर घाइते भएका बारा कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको उपचारका क्रममा निधन भएको छ । कुशवाहको बयोधा अस्पतालमा केहीबेर अघि निधन भएको हो ।
मोटरसाइकलमा सवार कुशवाहालाई मोटरसाइकलमै आएका व्यक्तिले गोली प्रहार गरी फरार भएका बुझिएको छ । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले प्रारम्भिक अनुसन्धानका क्रममा मोटरसाइकलमा आएका व्यक्तिले गोली प्रहार गरेको भन्ने जानकारी प्राप्त भएको बताए ।
अस्पतालले कुशवाहाको मृत्यु भएको पुष्टि गरेको छ । आदर्श कोतवाल गाउँपालिका ३ बतरा टोलमा साँभ ६ बजे मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली प्रहार गर्दा कुशवाहा गम्भीर घाईते भएका थिए । उनको कोखामा गोली लागेको थियो ।
घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्