वीरगन्ज– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले आइतबार काठमाडौँस्थित नरदेवी आयुर्वेद चिकित्सालयको आकस्मिक अनुगमन गर्नुभयो ।
मन्त्री यादवले विभिन्न शाखाहरू, फार्मेसी, ओपिडी, शल्यक्रिया कक्ष लगायतको निरीक्षण गर्दै त्यहाँ उपचाररत बिरामी, कुरुवा तथा कर्मचारीहरूसँग कुराकानी गर्नुभयो ।
अनुगमनको क्रममा, अस्पतालका कर्मचारीहरूले जनशक्ति अभावका कारण अपेक्षित सेवा प्रवाह गर्न नसकिएको गुनासो राखे । अस्पतालका कार्यकारी निर्देशक डा. रामदेव यादवले दरबन्दी नथपिँदा सेवाको गुणस्तर कायम राख्न चुनौती भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चिकित्सालयसँग सीमित स्रोत छ । बजेटको पनि अभावका कारण सबै सेवा हामीले सोचे अनुसार दिन सकेका छैनौँ । चिकित्सकदेखि नर्सिङ स्टाफसम्मको अभाव छ । विद्युत् जाँदा जेनरेटर नहुँदा सेवा रोक्नुपर्ने अवस्था छ ।’ त्यस्तै, डा। यादवले आवश्यक उपकरणको समेत अभाव रहेको बताउनुभयो ।
छलफल पश्चात् स्वास्थ्य मन्त्री यादवले नेपालकै प्रमुख आयुर्वेदिक चिकित्सालयका रूपमा स्थापित नरदेवीलाई सबल बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘अस्पतालको सेवाको गुणस्तर सुधार गर्न के चाहिएको छ, मलाई सूची बनाएर दिनुहोस् । सम्भव भएसम्म सबै प्रकारको जनशक्ति र सामग्रीको व्यवस्थापन म गर्छु,’ मन्त्री यादवले भन्नुभयो ।
त्यस्तै, मन्त्री यादवले अस्पतालमा रहेको एमआरआई मेसिनलाई छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन निर्देशन दिनुभयो । ‘कानुनी अड्चन फुकाएर छिटोभन्दा छिटो एमआरआई मेसिन सञ्चालनमा ल्याउनुहोस् । बाकी रहेको भुक्तानी मन्त्रालयले गर्छ,’ उहाँले भन्नुभयो ।
मन्त्री पाण्डेले स्वदेशी नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले समेत चर्को भाडा लिएको प्रति सचेत गराए । उनले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य बिहीबार ४ बजेभित्र उपलब्ध गराउन निर्देशन दिए ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । यसबाट कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने सम्भावना समेत छ ।त्यसैले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोध गरेका छन् ।
यसपटक विशेषगरी पिचको विकेटलाई राम्रोसँग तयार पारिएको लामाले बताए । ‘लामो समयदेखि विकेटको मेन्टेन भएको थिएन । यसपालि असाध्यै समय लिएर एक्सपर्ट थपेर पिच तयार पारिएको छ । पिचले राम्रो बिहेभ गर्छ भन्ने हामीले बुझेका छौँ’, उनले भने ।
जनकपुरधामको जानकी मन्दिरबाट मिष्ठान, फलफूल, लत्ताकपडा, गरगहनासहित एक सय पाँच प्रकारका सामग्री ल्याएर टोली यहाँ आएको हो । ती सामग्री श्री राममन्दिर ट्रष्टलाई हस्तान्तरण गरिएको छ।
प्रतिक्रिया दिनुहोस्