रक्सौलमा बसी नेपालमा अपराध गर्ने पासवान पक्राउ
सीमावर्ती भारतीय बजार रक्सौल निवासी पासवान सोमबार राति करिब ११ बजेको समयमा भारतबाट बीआर ०५ एल ६१३९ नम्बरको मोटरसाइकलमा लागू औषध तथा हातहतियारका साथ वीरगन्जतर्फ आइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साले प्रहरी परिचालन गरेको थियो ।