कोलेस्टेरोल नियन्त्रण गर्ने ७ खानेकुरा
खराब कोलेस्टेरोललाई घटाउन प्रशस्त मात्रामा फाइबरयुक्त खानेकुरा खानुपर्छ । आहारमा नियमित फाइबरको प्रयोग गरियो भने एलडीएल कोलेस्टेरोलको स्तर कम गर्न सकिन्छ । नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार यदि घुलनशील फाइबर खाइयो भने त्यो जेली जस्तै हाम्रो आन्द्रामा जम्मा हुन्छ । यसले पाचन प्रक्रियालाई सुस्त बनाउँछ । यसले कोलेस्टेरोललाई रक्त प्रवाहमा पुनः अवशोषित हुनबाट रोक्छ र विकारको रुपमा शरीरबाट निस्कन्छ ।