वीरगन्जबाट १५ हजार पिस भेप बरामद

भेपको बजार मूल्य ४ करोड ८६ लाख २४ हजार रुपैया रहेको प्रहरीले जनाएको छ ।

सम्वादाता | २०८१ सावन २५ गते १४: २८ मा प्रकाशित

वीरगन्ज– पर्सा प्रहरीले शुक्रबार मध्यान्ह ठूलो परिमाणमा वीरगन्जबाट ईलेक्ट्रोनिक भेप बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगन्ज महानगरपालिका– ६ रेल्वेरोड स्थित रामप्रसाद बरैको घरमा कोठा भाडामा लिई अनाधिकृत रुपमा भण्डारण गरि राखेको ७६ कार्टुन ईलेक्ट्रोनिक भेप बरामद गरेको हो । प्रहरी नायव उपरिक्षक दिपक भारतीका अनुसार बरैको घर भारत विहारका सुदामा प्रसादले घाडामा लिएका छन् ।
प्रति कार्टुन २ सय पिसको दरले कूल १५ हजार दुई सय पिस भेप बरामद भएको प्रहरी प्रवक्ता समेत रहेका भारतीले बताए । अनाधिकृत रुपले भण्डारण गरिएको भेपको बजार मूल्य ४ करोड ८६ लाख २४ हजार रुपैया रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्