नाकको एलर्जी किन हुन्छ, के छ उपचार ?
एलर्जी हुँदा धेरै हाच्छ्युँ आउने, पातलो सिंगान बग्ने, नाक बन्द हुने, टाउको दुख्ने र नाक चिलाउने आदि लक्षण देखा पर्छ । तर सबैलाई एकैनासको लक्षण नदेखिन सक्छ । कसैलाई हल्का एलर्जी मात्र हुनसक्छ भने कसैलाई माध्यम, कडा एलर्जीको लक्षण पनि हुनसक्छ । रोगको अवधिको आधारमा नाकको एलर्जीलाई सधैंका लागि रहने तथा कहिलेकाहीं लाग्ने गरी दुई भागमा विभाजित गरिन्छ ।